ठिहिर्याउने जाडोमा मायालुको साथ (भिडियो सहित)

-


     नेपालय न्युज    
     पौष २३ गते २०७८


पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भए, जाडो निकै वढ्यो, अझै हिउँ सकेकै छैन । मौसम चिसो चिसो छ । बुढापाका भन्ने गर्छन् ‘ जाडोमा रुई, फुई र दुई हुनुपर्छ मज्जा आउछ । सायद यो कुराको ख्याल सर्जक आभास सेन्चुरीलाई राम्रोसँग रहेछ । उनले तेस्रो फर्मुला’दुई ‘ रोजे । ठिहिर्याउने जाडोमा मायालुको साथ ।

चिसो चिसो मौसममा न्यानो मायाको साथले निकै रोमाञ्चक र प्रेमील सम्बन्ध बन्दोरहेछ । जून निकै यादगार र डाहा गर्न लायक पनि हुँदोरहेछ । नपत्त्याए मोडेल एवं सर्जक आभास सेन्चुरीको भर्खरै बजारमा आएको ‘जाडो अति छ’ लोकदोहोरी गीत हेरे पुग्छ ।

आभास सेन्चुरीको शब्द,लयमा प्रसिद्ध गायिका देवी घर्ती र लोकप्रिय गायक तेजश रेग्मीको सुमधुर आवाज रहेको छ ।

म्युजिक भिडियोमा अहिलेका व्यस्त मोडेलहरु लोमस शर्मा, दिव्य न्यौपाने, आयुसमा कार्की, रविना भण्डारी,जोन बम र स्वयम आभास सेन्चुरीको लोभ लाग्दो अभिनय हेर्न सकिन्छ ।

राम के.सीको छायांकन, कोरियोग्राफी र निर्देशन चित्र मास्केले गरेका छन् ।

‘कहाँ गयौ भगेरी चरी’ जस्तो ऎतिहासिक गीत लेखेरे, गाएर नेपाली लोकगीतमा एउटा बेग्लै प्रभाव पारेका सर्जक,गायक तेजस रेग्मी र सेन्चुरीको सहकार्यले पनि दर्शक, श्रोताले नयाँ स्वास पाउने विश्वास गर्न सकिन्छ । रेग्मी र सेन्चुरी एउटै ठाउँ र एउटै धाराको पानी खाएर हुर्केका सर्जक हुन् ।

‘मौसम चिसो छ । स्रोता तथा दर्शकलाई गित मार्फत न्यानो बनाउने हाम्रो अभिप्रय हो’ सेन्चुरीले भने । ‘जाडो भए पछ्यौरी तान, सिन्दुर चुरामा,काउछो चिलाउनीको , बोलका गीतहरुलाई जस्तै यो गितलाई पनि दर्शक श्रोताले मन पराउनेमा विश्वासत छु’ उनले भने
अनि तपाईं पनि गर्ने होईन त यस्तै माया?

आभास क्रियसन युटुब च्यानलबाट बजारमा सार्वजनिक भएको गीतको भिडियोलाई छोटो समयमै धेरै दर्शक, स्रोताको साथ मिलेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com