एलन मस्कको इन्टरनेट परियोजना स्टारलिंकका भारत प्रमुखले दिए राजीनामा

-


     नेपालय न्युज    
     पौष २२ गते २०७८


नयाँदिल्ली(भारत) । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको लगानी रहेको स्टारलिंकका भारत प्रमुखले राजीनामा दिएका छन् ।

स्टारलिंक इन्डियाका कन्ट्री डाइरेक्टर एवं बोर्ड प्रमुख संजय भार्गवले तीन महीनामा नै पदबाट राजीनामा दिएका छन् । भार्गवले मंगलवार मंगलवार साँझ लिंक्डइनमा पोष्ट गर्दै उक्त जानकारी दिएका हुन् । उनले उक्त पोष्टमा व्यक्तिगत कारणले गर्दा छाडेको बताए पनि अरु बारेमा केहि खुलाएका छैनन् ।

उनले भारत प्रमुखको जिम्वेवारी भने सन् २०२१अक्टुबरमा सम्हालेका थिए । उनको यो तीन महीने कार्यकाल सहज नभएको बताइएको छ । उक्त समयमा स्टारलिंकले भारतमा आफ्नो सेवा शुरु गर्नुपूर्व सेटेलाइट इन्टरनेटको लागि प्रि – बुकिंग गरेको थियो ।

र यस बीचमा कम्पनीले नियामक निकायबाट अनुमति नै नलिइकन झण्डै ७ हजार भारतीय ग्राहकबाट प्रतिव्यक्ति ९९ अमेरिकी डलर रकम उठाएको थियो । तर भारत सरकारले बिना अनुमति लिएको रकम तत्काल फिर्ता गर्न भनेपछि कम्पनीले यही साताबाट ती ग्राहकलाई रकम फिर्ता गर्न शुरु गरेको थियो ।

 मस्कको सहायक कम्पनी स्टारलिंक इन्टरनेट परियोजनाले विश्वभर भूउपग्रहका माध्यबाट इन्टरनेट सञ्चालन गर्ने योजना बनाइरहेको छ । उनको यो महत्वकांक्षी इन्टरनेट परियोजना पनि हो । अहिले विश्वमा फाइवरको माध्यमबाट इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको पहुँच विस्तार गरिरहेका छन् । तर उनले भने भूउपग्रहबाट इन्टरनेट विस्तार गर्ने योजनालाई साकार पार्न हजारौं भूउपग्रह अन्तरिक्षमा पठाइसमेत सकेका छन् ।

स्टारलिंक इन्टरनेट परियोजनाका भूउपग्रहले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको भन्दै खवरहरु सार्वजनिक भएपछि उनी यतिखेर विवादको घेरामा छन् । मस्कको स्पेसएक्सले करीब १ हजार ९०० ओटा भूउपग्रहहरू प्रक्षेपण गरिसकेको छ भने अझै हजारौं भूउपग्रहहरू छोड्ने योजना बनाएको छ।

स्पेसएक्सले स्थापना गरेको स्टारलिंक नामक स्याटलाइट इन्टरनेट कम्पनीका माध्यमबाट केही समयपछि नै विश्वव्यापी स्याटलाइट इन्टरनेट सेवा प्रदान गर्न लागेको र त्यो पनि अहिले सञ्चालनमा रहेका इन्टरनेट सेवाभन्दा धेरै गुना द्रुत गतिको हुने बताइएको छ । त्यो पनि सुलभ मूल्य (सित्तैजस्तै) मा इन्टरनेट उपलब्ध गराउने घोषणा उनको छ ।एजेन्सीहरु

WP2Social Auto Publish Powered By : XYZScripts.com