सोनी ग्रुपले विद्युतीय सवारी साधन बनाउने

-


     नेपालय न्युज    
     पौष २२ गते २०७८


San Mateo, CA, USA - Feb 8, 2020: Office building at the Sony Interactive Entertainment Headquarters campus in San Mateo, California, United States.

जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले विद्युतीय सवारी साधन बनाउनका लागि नयाँ कम्पनीको स्थापना गर्दैछ ।

कम्पनीले यही वर्षको बसन्त याममा सो कम्पनी खोल्ने सोनीका प्रमुख कार्यकारी अध्यक्ष तथा प्रेसिडेन्ट केनिचिरो योशिदाले बताएका हुन् । योशिदाले अमेरिकामा आयोजित सीईएस प्रविधि सम्मेलनमा बोल्ने क्रममा यस्तो भनेका थिए । 

पछिल्लो समय विद्युतीय सवारी साधन बजार तीव्र दरमा बढिरहेको छ । यस क्षेत्रमा लगानी गर्ने होड नै चलेको छ । यस दौडमा होमिने सोनी पछिल्लो कम्पनी हो । कम्पनीले सन् २०२२ को बसन्तमा सोनी मोबिलिटी इंक लञ्च गर्ने योशिदाको भनाइ छ । 

सोनीले यस अघि नै विद्युतीय सवारी साधनको प्रोटोटाइप बनाइसकेको छ । यो सार्वजनिक सडकमा परीक्षण समेत भइरहेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com