अमेरिकामा एकैदिन कोरोनाका १० लाखभन्दा बढी संक्रमित भेटिए

-


     नेपालय न्युज    
     पौष २० गते २०७८


कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट सुरु भएर लगभग संसारभरी पुगिसकेको छ ।

युरोपमा हरेक दिन कोरोनाका हज्जारौँ संक्रमित भेटिइरहेका छन् र यसैबीच अमेरिकामा सोमबार कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।

जोन होपकिन्सको ड्याशबोर्डका अनुसार तीन जनवरीमा अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य अधिकामरीले कोरोना संक्रमितको संख्यामा वृद्धि हुने आशंका व्यक्त गरेता पनि यो मामिला यो रेकर्डसम्म पुग्ला भनेर आशा भने गरिएको थिएन ।

जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डमा रहेको आँकडाका अनुसार अघिल्लो हप्ता हरेक सयमध्ये करिब एक अमेरिकी कोरोनाद्वारा संक्रमित पाइएका छन् ।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउस कोरोनाभाइरस रेस्पोन्स टिमसँग भेट्ने योजना बनाएका छन् । टिमसँग छलफल गरेर कोरोनाभाइरससँग जुध्ने उपाय र सावधानीबारे चर्चा गरिने जानकारीमा उल्लेख छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com