प्यारो जनज्योति ।

-


     नेपालय न्युज    
     पौष १७ गते २०७८


धेरै समय को अन्तराल पछि झन्डै 28 वर्ष पछि 2050 साल मा SLC दिएका विद्यार्थी को तर्फबाट केही साथीहरू सङ जनज्योति मा.बि को 62 औ स्थापना दिवस तथा पुरस्कार वितरण समारोह मा 2078/09/16 का दिन उपस्थित हुन पाइयो।यस सौभाग्य को लागि विद्यालय परिवार लाई SLC batch 2050 को तर्फबाट मुरी मुरी धन्यवाद।

बिशेषत आफ्नो ठाउँ त्यसमाथि आफूलाई शिक्षा दिएको विद्यालय प्यारो लाग्दछ नै त्यसमाथि सुन्दर प्राकृतिक छटा दृश्य तथा माछापुच्छ्रे र अन्नपूर्ण को प्यारो काख ले जनज्योति को सुन्दरता लाई अझै सुन्दर बनाएको देख्दा झन् आनन्द लाग्यो।

विद्यालय ले 62 औँ दिवस मनाइरहँदा 50 साल का SLC batch का साथीहरू को आग्रह बमोजिम केही कुरा लेख्न मन लाग्यो।

1) आदरणीय मंचआसिन महानुभाव हरू जनज्योति को नाम मा 20,30 थान माला लगाइयो होला अब एकचोटी जनज्योति को बारेमा आत्मा समिक्षागर्नुपर्छ कि, हाम्रा छोराछोरी त विविध कारण ले त्यहाँ पढदैनन अब का नाति पुस्ता हरू लाई जम्मा गराएर पढ्ने वातावरण बनाउन सकिन्छ कि।
2) आदरणीय शिक्षक साथी हरू, गुरु हरू हिजो एकै वर्ष SLC दिने विद्यार्थी 100 को हाराहारी मा हुन्थे अहिले विद्यालय भरि मा 100 जना त्यो पनि 11,12 कक्षा र उषाकिरण प्रा.बि का बाल विकास केन्द्र का जोडेर। यस को कारण सहर केन्द्रित बसाई , निजी विद्यालय वा राजनीतिक हस्तक्षेप मात्र हो कि तपाई हरू पनि हो तुरुन्तै बैठक बस्नुहोस् कास्की कै माछापुच्छ्रे मा.बि को अवलोकन गर्नुस्।र विद्यालय सुधार्न तुरुन्तै प्रयास गर्नुहोस्।
3) आदरणीय राजनीति कर्मी हरू तपाईँ हरू को राजनीतिक फोहर नजिकै को मादी मा लगेर पखाल्नुस्। र जनज्योति लाई अनावश्यक हस्तक्षेप बाट मुक्त बनाउनु होस। यस का पूर्वाधार निर्माण मा बिना स्वार्थ 2 बर्स लागिदिनुहोस् समाजलाई सही परिचालन गरिदिनुहोस्।
4) आदरणीय समाजसेवी मित्र हरू बाटो को विकल्प थियो कि थिएन विद्यालय को बिचछाडि बाट नै बाटो खनेर लैजानुपर्ने र विद्यालय अस्तव्यस्त बनाउनु पर्ने कुरा को विस्तृत जानकारी हिम्मत छ भने सार्वजनिक गर्नुहोस्।
5) पूर्व विद्यार्थी साथी हरू एक बद्ध बनौँ । नयाँ एउटा फोरम निर्माण गरौँ विद्यालय लाई नैतिक भौतिक र आर्थिक रूप ले सहयोग गरौँ।
अन्त्यमा सबै सरोकारवाला हरू विद्यालय लाई साधारण शिक्षा को साथै तुरुन्तै प्राविधिक विद्यालय मा रूपान्तरण गरौँ। पोखरा ,लेखनाथ, तारकाङ, माझ ठाना,पैरेमकैखोला, गोर्जे ताङ्तिन सिक्लेस लगायत विभिन्न ठाउँ बाट विद्यार्थी को प्राविधिक शिक्षा को गन्तव्य को रूप मा विकास गरौं ,समग्र कालिका लाई शैक्षिक तथा पर्यटकीय गन्तव्य को रूप मा विकास गरौँ ढिला नगरौँ ।
जय जनज्योति।
शुक्रराज अधिकार

WP2Social Auto Publish Powered By : XYZScripts.com