
नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्ष पदमा राजेन्द्र वाग्ले विजयी भएका छन्।
आइतबार भएको निर्वाचनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका वाग्ले अध्यक्ष बनेका हुन्।
सोमबार बिहान सार्वजनिक मतपरिणामअनुसार कमल सापकोटालाई २५८ मतले उछिन्दै वाग्लेले अध्यक्ष पद जितेका हुन्। विजयी वाग्लेले ११२० मत पाए भने पराजित सापकोटाले ८६२ मत ल्याए।
जितसँगै वाग्लेले २०२२/२३ सम्म नेपाली समाज टेक्सस (एनएसटी) को नेतृत्व गर्ने भएका छन्। उनी हिले टेक्ससको सरमन सिटी बस्छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विवेक कँडेल विजयी भएका छन् भने सन्देश उप्रेती महासचिव बनेका छन्।