मनोहरि पौडेल,
पौष १० पोखरा ।
शितल ज्योति युवा क्लव पोखरा १२ को आठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नर प्रसाद गुरूङको अध्यक्षमा सर्वसम्मत नया कार्यसमिति निरविरोधनिर्वाचित भएकाे छ ।
क्लवको प्रथम उपाध्यक्षमा राजकुमार गुरूङ द्दितिय उपाध्यक्षमा मिन प्रसाद गुरूङ सचिवमा पुर्ण वहादुर गुरुङ सह–सचिवमा विमला गुरुङ कोषाध्यक्षमा सुभाष गुरूङ सह–कोषाध्यक्षमा नविन गुरूङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा रामप्रसाद गुरूङ,जुम वहादुर गुरूङ,शशि मल्ल,पुर्ण कुमारी गुरूङ,पुनित गुरूङ,चेतमान गुरूङ,रहेका छन। क्लवको मनोनीत सदस्यहरूमा निरज गुरूङ,पंच वहादुर गुरूङ,सुनिल गुरूङ,सुनिल श्रीस,पुर्ण प्रसाद गुरूङ,गणेष गुरूङ,दिपेन्द्र श्रेष्ठ,दुर्गा गुरूङ,आशिष गुरूङ,पुर्ण वहादुर गुरूङ,हिमाली सास्कृतिक परिवार र नौलो विहानी संस्था रहेका छन् ।
अधिवेशनको उदघाट्न गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष राम बहादुर कार्कीले क्लवको भवन वनाउन तथा खेलकुद मैदान उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो सयोग गर्ने प्रतिवद्दता प्रकट गरे । कार्यक्रममा बिषेश अतिथि पोखरा ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले क्लवले रचनात्मक कामहरू गर्दे जानुपर्ने बताए । क्लबका संरक्षरक तथा आजिवन सदस्य टिका कार्कीले शितल ज्योति युवा क्लव पोखराको उत्कृष्ट क्लव रहेको वताउदै अज उत्कृष्ट कामहरु गद्र्रै जानु पर्ने वताए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष ऋिषभदेव बास्तोला सल्हाकार गज वहादुर गुरूङ एन्फा कास्कीका पुर्व अध्यक्ष खेम वहादुर गरुरूङले लगाएतले मन्तब्य राखेका थिए ।
क्लवको साधारणसभा तथा अधिवेशनमा अध्यक्ष सन्तोष गुरुङले अध्यक्षको प्रतिवेदन सचिव पुर्ण गुरुङले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सुभाश गुरूङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित गरिएको थियो । क्लवका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष नर प्रसाद गुरूङले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव पुर्ण गुरूङले गरेका थिए ।