– झिनो मतान्तरले हरिबोल भण्डारी पछि परे
काठमाडौ- नेपाली कांग्रेस कार्यसमिति सदश्यमा विदेशमा वस्ने नेपालीको प्रतिनिधित्व समेत हुने गरी उम्मेदवारी दिएका हरिबोल भण्डारीले आफुले प्राप्त गरेको समर्थनले अझ बढी उत्साहित भएको वताएका छन् ।
खर्स आर्य समुहवाट उम्मेदवारी दिएका भण्डारीले १५९३ मत प्राप्त गरेका थिए । तर, यो मत जितका लागि भने पर्याप्त भएन । केही मतले उनी केन्द्रिय समिति सदश्य हुनवाट रोकिए ।
नेपाली कांग्रेसको यो महाधिवेशनको नेतृत्व चयन प्रकृया गुट उपगुटमा विभाजित थियो । अधिकांश शेरबहादुर देउवा पक्षमा रहेका उम्मेदवारले जितेका छन् ।
म विदेशमा वस्ने ६० लाख नेपालीलाई समेत प्रतिनिधित्व गर्दै पुरानो पार्टी नेपाली कांग्रेसमा कार्यसमितिका लागि उम्मेदवार वनेको थिएं भण्डारीले भने कांग्रेसका महाधिवदेशन प्रतिनिधिले मलाई दिनुभएको मतमा सवैलाई जस जान्छ ।
म हारेको होइन, थाकेको पनि छैन भण्डारीले प्रतिकृयामा भनेका छन् विपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ वढी उत्साहित वनेको छ जति गर्न सकिन त्यसका लागि कृयाशलि रहने छु ।
विद्यार्थी काल देखि नै कांग्रेस राजनीतिमा सकृय भण्डारी व्यवसायी हुन । नेपाल र विदेशमा उनका व्यवसाय छन् । उनी विदेशमा वस्ने नेपालीको संस्था एनआरएनए का सल्लाहकार समेत हुन् । विदेशमा वस्ने नेपालीसंगको पहुंचमा उनको राम्रो संजाल थियो ।
राजनीतिमै सकृय भई देशको उन्नती र विदेशमा वस्ने नेपालीका पनेपालमा बसेर सधै सकृय रहने भण्डारीले वताए ।
उनको उम्मेदवारीमा विदेशमा वस्ने नेपालीले व्यापक समर्थन जनाएका थिए । विदेशमा वस्ने नेपालीको आवाज बोल्न पनि पुरानो राजनीतिक पार्टीमा विदेशमा वस्ने कसै न कसैको प्रतिनिधित्व होस भन्ने पक्षमा विदेशमा रहेका नेपाली थिए ।
त्यसैले विदेशमा वस्ने नेपालीले भण्डारीको उम्मेदवारीलाई चासोका साथ हेरेका थिए । निकै ढिलो गरी आएको खर्स आर्यको नतिजाले कांग्रेसले विदेशमा वस्ने नेपालीलाई कसरी र कस्तो स्थान दिन्छ भन्ने चासो छ । कांग्रेसको कार्यसमिति सदश्य हुन नेपालवाटै महाधिवेशन प्रतिनिधि हुनु पर्छ । भण्डारीले आफ्नो क्षेत्र काठमाडौ ३ जोरपाटीवाट सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधि भएका थिए ।
निकट आएका स्थानिय, प्रदेश र संसदको निर्वाचनमा विदेशमा वस्ने नेपालीको प्रभाव पनि व्यापक छ ।