अमेरिकामा पनि भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना


     नेपालय न्युज,     
     पुष ८ गते २०७८


न्युयोर्क। अमेरिकामा भोमकरीको जोखिम बढेको छ। यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ।

महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ।

व्युरोले घरपरिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा ९ दशमलब ७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए। क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय भएका परिवारमा पुनः आर्थिक दबाब पर्न सक्ने व्युरोले अनुमान गरेको छ।

अघिल्लो वर्षको तुलनामा अमेरिकामा खाद्यन्नको मुल्य ६ दशमलब ४ प्रतिशतले बढेको छ। फुड ब्यांकमा खाद्यन्नको माग बढ्दो छ भने अस्पतालमा उपचारका लागि जाने कुपोषण र दुव्लाएका बच्चाहरुको सख्ंया बढ्दो छ।

६ वर्षमुनिका बालबालिका अभिभावकले प्रतिमहिना ३०० डलर र १८ वर्ष उमेर समूहका बच्चाका अभिभावकले प्रतिमहिना २५० डलर पाउँछन्। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com