डिसेम्बर २२ लाइ वेयष्टर बे टाउन, न्यूयोर्कले विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ।
अर्जुन मैनालीले ६ वटै महादेशका १७ देशमा गएर २०० पटक (करिव १ लाख मिलिलिटर) रगत दान गरेका छन। उनको आफ्नै रगतले मात्रै करिव ६०० जनासम्मलाइ बचाउन सहयोग हुन्छ।
संसारमा डिसेम्बर २२, १८१८ मा पहिलो पटक सफल रक्तसन्चार गरेको अभिलेख भएको छ। उक्त दिनको स्मरण गर्दै रक्तदानमा उल्लेखनीय काम गरेको भन्दै वेयष्टर बे टाउनले अर्जुन मैनालीको नाममा विश्व रक्तदाता दिवस घोषणा गरेको हो।