ओमिक्रोन संक्रमण नियन्त्रण गर्न नेदरल्याण्डमा लकडाउनमाथि कडाइ

-


     नेपालय न्युज    
     पौष ४ गते २०७८


एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्डमा लकडाउनलाई कडा बनाइएको छ ।

नजिकिँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि लकडाउन कडा बनाइएको नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले जानकारी दिए ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् । चाडपर्वके समयमा घरमा चारजना सम्म मात्र पाहुना आउन पाउने नियम लागु गरिएको छ ।

लागु गरिएका नियम कडाइका साथ पालना गर्न आग्रह गर्दै प्रधानमन्त्री मार्करुटले उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो । कोरोना ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरिसकेका छन् ।

गत नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।

यसैबीच बेलायतमा कोराना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । बेलायतमा एकै दिन ८० हजार बढीमा कोराना संक्रमण पुष्टी भएको बताइएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com