इण्डो–प्यासिफिक क्षेत्रमा आफूहरुको गम्भीर चासो रहेको छ : अमेरिकी विदेशमन्त्री

-


     नेपालय न्युज    
     मंसिर २९ गते २०७८


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनको आक्रमक गतिविधिप्रति अमेरिकाको गम्भीर चासो रहेको भन्दै इण्डो प्यासिफिक क्षेत्रका साझेदारहरुसँग आर्थिक र सैन्य सम्बन्ध तीब्र बनाउने बताएका छन् ।

दक्षिण पूर्वी एशियाली देशहरुको पहिलो भ्रमणका क्रममा इण्डोनेसिया पुगेका ब्लिङ्केनले इण्डो प्यासिफिकलाई विश्वको सबैभन्दा गतिशील क्षेत्रको रुपमा व्याख्या गर्दै यस क्षेत्रमा दशकौं लगाएर बनाएको सम्बन्धलाई जोगाउन र थप उचाई दिन अमेरिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

जाकार्तास्थित युनिभसिर्टी अफ इण्डोनेसियामा मन्तव्य दिने क्रममा उनले भने ‘निश्चित नियममा चल्नुपर्छ भन्नु कुनै पनि देशलाई निराशा बनाउनु होइन बरु त्रास र जबर्जस्तीबाट मुक्त गरी उनीहरुलाई अधिकार दिलाउनु हो ।’ कुनै पनि देशलाई अमेरिका वा चीन रोज भन्ने पक्षमा अमेरिका नरहेको र चीनसँग द्वन्द्व पनि नचाहेको भन्दै उनले उत्तर पूर्वी एशियादेखि दक्षिण पूर्वी एशियासम्म तथा मेकङ नदीदेखि प्यासिफिक आइल्याण्डसम्म चीनका आक्रमक गतिविधि क्षम्य नभएकाे बताए ।

यस क्षेत्रका देशहरुले पनि चीनको ब्यवहारमा सुधार चाहेको र अमेरिकाले पनि त्यही चाहेको विदेशमन्त्री ब्लिङ्केनको भनाइ थियो । ब्लिङ्केनको यो धारणाप्रति चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । विदेश मन्त्री ब्लिङ्केन इण्डोनेसियाबाट मलेसिया र थाइल्याण्डको पनि भ्रमणमा जाने कार्यक्रम छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com