नेकपा एकीकृत समाजवादी पोखरा १२ को अध्यक्षमा लामिछाने

-


     नेपालय न्युज    
     मंसिर २८ गते २०७८


पोखरा । नेकपा(एकीकृत समाजवादी) पोखरा, १२ को भेलाले डाक्टर.डिलाराम लामिछानेको नेतृत्वमा वडा कमिटी पुनर्गठन गरेको छ।

भेलाले हाल १६ सदस्यीय वडा कमिटी गठन गरेको हो। कमिटिको उपाध्यक्ष इन्जिनियर आनन्द तिमिल्सिना सचिवमा सुरेन्द्रराज गिरी उपसचिवमा विश्वनाथ सुवेदी.विष्णु वि.क.रहेका छन् । सदस्यहरुमा सीता घले,स्मृती राई,दिल कुमारी राई,तुलसी प्यकुरेल,गंगा देवी आचार्य,सुमन मगर,आसमाया सुनार,कृष्ण प्रसाद गौतम,आईत सिंह बि.क,सर्मिला सुनार, शिव कुमारि लामिछाने रहेका छन्।

उक्त भेलाको अध्यक्षता जि.क.स.स.एवं अनेम संघ जि.क.कास्कीकी अध्यक्ष इन्दिरा पन्तले गरेकी थिइन भने कार्यक्रममा प्रमुख अतिथी पार्टी स्थायी क.स.एवं गण्डकी प्रदेश सह-ईन्चार्ज चुडामणि जंगली र विशेष उपस्थिति जि.क.उप-सचिव एवं जनजाती महासंघ केन्द्रिय सचिव डि.बि.राई,प्रदेश क.स.द्वय माया अधिकारी र रोहित ब.खत्री,जि.क.स.स.एवं पार्टी वडा नं १४ का अध्यक्ष लाल ब.घताने,जि.क.स.एवं यूवासंघ स्थायी क.स.तथा गण्डकी प्रदेश उपाध्यक्ष अशोक केसी र जि. क.स स. सि.बि.क्षेत्रीको उपस्थिति रहेको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com