चीन र अमेरिकाको विवाद फेरि उत्कर्षमा

- अमेरिकाले आन्तरिक मामिलामा अनावश्यक चासो देखाए फाइदा नहुने चीनको चेतावनी

-


     नेपालय न्युज    
     मंसिर २८ गते २०७८


काठमाडौं । चीन र अमेरिकाबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अमेरिकाले मानवअधिकार उल्लंघन गर्ने व्यक्ति र संस्थालाई लक्षित गरी हालै प्रतिबन्धको घोषणा गरेसँगै चीनले अमेरिकासँग असन्तुष्टि जनाएको हो ।

चीनले आफ्नो मुलुकका नागरिक र संस्थामाथि अनावश्यक आक्षेप लगाएर अमेरिकाले गल्ती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले म्यानमार, उत्तर कोरिया र बंगलादेशसँग सम्बन्धित व्यक्ति र संस्थाहरु थप्दै चिनियाँ नागरिक संस्थामाथि थप प्रतिबन्ध लगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वेनबिनले अमेरिकी प्रतिवन्ध विकृत कार्य भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले असान्दर्भिक निर्णय लिएको भन्दै गलत निर्णयहरु तत्कालफिर्ता लिन आग्रह गरेको बताउनुभयो । अमेरिकाले चीनको आन्तरिक मामालिमा अनावश्यक चासो देखाउँदै हस्तक्षेप गरेको भन्दै यसले अमेरिकाको पनि भलो नहुने उहाँले पत्रकार सम्मेलनमार्फत चेतावनी दिनुभयो ।

चीनको सिनजियाङको स्वायत्त क्षेत्रमा मुस्लिम उइगुर समुदायसँग व्यहवहार गर्ने चीनको नीतिको पनि बचाउ गर्दै प्रवक्ता वेनबिनले हिंसा, आतंकवाद, पृथकतावाद धार्मिक चरमपन्थी शक्तिहरुसँग लड्न कटिवद्ध रहेको प्रतिक्रिया पनि दिनुभयो । अमेरिकाको सो कदमले सिनजियाङको विकासलाई नष्ट गर्ने चीनको ठहर छ ।

चीनले उइगुर मुसलमान समुदायलाई बिना कारण धरपकड गर्ने र चरम यातना दिने गरेको भन्दै गत वर्ष पनि पश्चिमा मुलुकहरुले चीनको कडा आलोचना गरेका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com