भ्रामक सामग्री सम्प्रेषण भइरहेको भन्दै एमसिए–नेपालको आपत्ति

-


     नेपालय न्युज    
     मंसिर २७ गते २०७८


आफ्नो बारेमामा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको भन्दै मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमार्फत एमसिए–नेपाल विकास समितिका लागि खरिद एजेण्ट तथा वित्तीय एजेण्टका रूपमा परामर्श सेवा उपलब्ध गराइरहेको कार्डनोको लोगोसहित नक्कली कागजपत्र प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको एमसिए नेपालको भनाइ छ ।

उक्त सामग्रीमा कार्डनोको परिचयका रूपमा भ्रामक जानकारी उल्लेख गरिनुका साथै एमसिए–नेपालको सुरक्षा व्यवस्थासम्बन्धी सेवा आपूर्तिका लागि तयार गरिएको दस्तावेजलाई गलत अर्थ लाग्ने गरी कपोलकल्पित कुरा उल्लेख गरिएको छ, विज्ञप्तिमा भनिएको छ, उक्त सामग्रीमा उल्लेख गरिएका सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको जानकारी एमसिए–नेपाल यस विज्ञप्तिमार्फत सर्वसाधारणलाई गराउन चाहन्छ । सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सन्देश सम्प्रेषकविरुद्ध कडा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको एमसिए नेपालले जनाएको छ ।

रातोपाटी

WP2Social Auto Publish Powered By : XYZScripts.com