शेखरको टिमबाट कास्कीका देवराज चालिसे र जीवन परियार सहमहामन्त्री यज्ञ बहादुर थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

-


     नेपालय न्युज    
     मंसिर २५ गते २०७८


पाेखरा ।

नेपाली काँग्रेसको जारी महाधिवेशनमा सभापति पदका उम्मेदवार शेखर कोइरालाको टिमबाट कास्कीका देवराज चालिसे र जीवन परियार सहमहामन्त्री पदमा र यज्ञ बहादुर थापा केन्द्रीय सदस्य उम्मेदवारी दिएका छन् ।

चालिसेले खस आर्यबाट र परियारले दलितबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

नेता चालिसेले यसअघि पार्टीको गण्डकी प्रदेश सभापतिमा दावी गरेका थिए । पछि वरिष्ठ नेता पौडेलको आग्रहमा सभापतिमा शुक्रराज शर्मालाई सघाएका थिए । नेता परियार निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । कास्की काग्रेसका पुर्व सभापति तथा पुर्व कानुन मन्त्री यज्ञ बहादुर थापाले केन्द्रीय सदस्य उम्मेदवारी दिएका छन्। नेता थापाले यसअघि पार्टीको गण्डकी प्रदेश सभापतिमा दावी गरेका थिए । उनले पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सभापतिमा शुक्रराज शर्मालाई सघाएका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com