नेपाली कांग्रेसको १४ औं महाविधेशन उद्घाटन शत्र भृकुटीमण्डपमा शुरु

-


     नेपालय न्युज    
     मंसिर २४ गते २०७८


मंसिर २४, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् । कार्यक्रममा जननेता बिपी कोइरालाल, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्वीरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गर्नुभयो ।

‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ । उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो ।

विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन् । महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ । काठमाडौं उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।

आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा ४ हजार ७०० जना प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनले एक सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ । यस्तै, १३४ जना सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।

महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com