अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा

-


     नेपालय न्युज    
     मंसिर २४ गते २०७८


वासिङटन । संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घटेको अमेरिकी श्रम मन्त्रालयले बताएको छ ।

बिहीवार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको पाइएको छ । गत हप्ता १ लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दावाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी हो ।

यसले गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।

पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिएको बताएका छन् ।उनले यसले श्रम बजारको अत्यधिक कडापन र सकल घरेलू उत्पादनको वृद्धिमा भएको वृद्धिलाई प्रतिबिम्बित गर्ने पनि बताएका छन् ।
उनले भनेका छन्,“अरु विकल्प नपाएसम्म कम्पनीहरुले कर्मचारी लाई दिनु निकै जोखिमपूर्ण हुन्छ । किनकि पछि मानिसहरूलाई पुनः काममा लगाउन कठिन र खर्चिलो हुने छ ।”

उक्त तथ्याङ्कले सबै सरकारी कार्यक्रमहरूअन्तर्गत बेरोजगारी सहायता प्राप्त गर्ने मानिसहरूको संख्यामा ३ लाख ५० भन्दा बढीको कमी देखाएको छ जुन नोभेम्बर २० सम्ममा१९ लाखको हाराहारीमा थियो । रासस / एएफपी

WP2Social Auto Publish Powered By : XYZScripts.com