कांग्रेसको महाधिवेशनका लागि अमेरिकाबाट १४ जना प्रतिनिधि चुनिए

-


     नेपालय न्युज    
     मंसिर २३ गते २०७८


न्यूयोर्क ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि अमेरिकाबाट १४ जना प्रतिनिधि चुनिएका छन् ।

जन सम्पर्क समिति अमेरिकाको आईतवार शुरु भएको तेस्रो अधिबेशनबाट १४ जना महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

अधिबेशनले जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, बिद्या सागर योन्जन, सुभाष लामा, गौतम दाहाल, भरत अर्याल,अमृत भट्टराई, विश्व बस्तोला, लक्ष्मी कार्की, राम शरण हुमागाई,कृष्ण लामिछाने, बिष्णु सुबेदी, धनन्जय केसी, मुनिन्द्र नेम्वाङ र यादब पण्डितलाई महाधिवेशन प्रतिनिधि चयन गरेका हो ।

जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा सम्पन्न अधिबेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको प्रमुख आतिथ्यमा सुरु भएको उद्घाटन सत्रपछि भएको बन्दसत्रले १४ औं महाधिवेशनको लागि १४ जना प्रतिनिधि चयन गर्दै महाधिवेशन स्थगन गरेको छ। महाधिवेशनमा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महत, केन्द्रिय सदस्य बिरबहादुर बलायर, जनसम्पर्क बिभाग प्रमुख गोविन्द भट्टराई र नेता नैन सिंह महर पनि अतिथि रहेका थिए।

महाधिबेशन प्रतिनिधि चयन गरेर सम्पन्न भएको समितिको तेस्रो अधिबेशन केन्द्रीय महाधिबेशनपछि पुनः सुचारु हुने छ । र केन्द्रीय महाधिबेशनपछि आयोजना गरिने अधिबेशनले समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com