कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि पुगेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
स्वास्थ्य सचिव लभ अग्रवालले यसबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् । पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा पाँच गुणा बढी संक्रमण हुनसक्छ । हालसम्म ओमिक्रोन २९ देशमा भेटिएको छ र यसबाट ३७३ संक्रमित भइसकेका छन् । एजेन्सी