ओमिक्रोनको प्रकोप : १० ओटा अफ्रिकी देशबाट आउने सबै विदेशी यात्रीहरुमाथि जापानमा बन्देज


     नेपालय न्युज,     
     मंसिर १५ गते २०७८


मंसिर १५, टोकियो (जापान) । कोरोना भाइरसको नयाँ भ्यारिएन्ट ओमिक्रोनको प्रकोप फैलिने क्रम बढेसँगै जापानले १० अफ्रिकी देशहरुबाट आउने सबै विदेशी यात्रीको प्रवेशमा रोक लगाएको छ ।

बिहीवारदेखि लागू हुने गरी दक्षिण अफ्रिका र छिमेकमा रहेका अंगोला, बोत्स्वाना, इस्वातिनी, लेसोथो, मालावी, मोजाम्बिक, नामिबिया, जामिबिया र जिम्बाबेबाट आउने विदेशी यात्रीहरुमाथि सरकारले सीमामा रोक लगाउने निर्णय बुधवार गरेको हो ।

नयाँ भ्यारिएन्टलाई जापानमा प्रवेश हुनबाट रोक्न केन्द्र सरकारले मंगलवार देखि लागू हुने गरी एक महीनाका लागि विश्वभरबाट आउने नवप्रवेशी विदेशीको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । तर यस प्रतिबन्धमा जापानमा बसोबास गर्ने विदेशी बासिन्दा र तिनका जहान तथा छोराछोरीहरुलाई भने समावेश गरिएको छैन ।

कानून निर्माताहरुबाट दबाब बढेपछि सरकारले बुधवार सीमामा प्रतिबन्ध थप कसिलो बनाएको हो । जापानमा मंगलवार र बुधवार २ जनामा ओमिक्रोन भ्यारिएन्टको संक्रमण पुष्टि भएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com