प्रसिद्ध अमेरिकी संगीतकर्मी स्टीभन सण्डहाइमको निधन

-


     नेपालय न्युज    
     मंसिर १२ गते २०७८


प्रसिद्ध अमेरिकी संगतीकार–गीतकार स्टीभन सण्डहाइमको निधन भएको छ। सांगीतिक नाटकका लागि लेखिएका गीत तथा संगीतका लागि लोकप्रिय रहेका स्टीभनको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

केनटिकटको रोक्सबरीमा रहेको घरमै स्टीभनको निधन भएको उनका वकिलले न्यूयोर्क टाइम्सलाई जानकारी दिएका छन्।

उनले कम्पनी, फुलिस, ए लिटल नाइट म्युजिकसहितका लोकप्रिय नाटकहरुमा संगीत भर्नुका साथै गीत लेखेका थिए। उनले ८ वटा ग्रामी अवार्ड, ९ वटा टोनी अवार्ड, एक अस्कर अवार्ड जितेका थिए। उनले पुलित्जर पुरस्कार पनि जितेका थिए।

सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्टीभनलाई सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सिअल मेडल अफ फ्रिडम प्रदान गरेका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com