
एजेन्सी । बलिउडमा यतिबेला धेरै सेलिब्रेटीहरुले बिहे गरिरहेका छन् । बलिउडका कलाकारहरुको विवाहको यो सूचीमा अर्को नाम थपिएको छ । बलिउडका अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हाको नाम पनि विवाहको सूचीमा थपिएको छ । बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हाले सलमान खानको परिवारका सदस्यसँग बिहे गर्न लागेकी छिन् ।
रिपोर्टका अनुसार सोनाक्षी सेलिब्रेटी म्यानेजर बंटी सजदेहसँग रिलसनसिपमा छिन् । सोनाक्षी बन्टीसँग विवाह गर्ने तयारी गरिरहेको चर्चा छ । सोनाक्षी र बन्टीको निकै राम्रो मित्रता छ । यी दुईलाई प्रायः पार्टीमा सँगै देख्न सकिन्छ । बंटी सलमानका कान्छो भाइ सोहेल खान र उनकी पत्नी सीमा खानको दाजु हुन् । बंटीसँग नाम जोडिएको सोनाक्षी पहिलो अभिनेत्री होइनन् । यसअघि बन्टीको नाम सुस्मिता सेन, दिया मिर्जा, नेहा धुपिया र समीरा रेड्डीसँग पनि जोडिएको थियो ।
बन्टीको कुरा गर्दा उनी एक पीआर एजेन्सी ‘कर्नर स्टोन’का मालिक हुन् । बन्टीले पहिले विवाह गरेका थिए र अहिले सम्बन्ध विच्छेद भइसकेका छ । बन्टीले सन् २००९ मा अम्बिका चौहानसँग विवाह गरेका थिए । तर, विवाह गरेको ४ वर्षपछि मात्रै बंटी र अम्बिकाको सम्बन्धविच्छेद भयो । बंटी विराट कोहलीका निकै मिल्ने साथी हुन् ।