अमेरिकाद्वारा चीनको ८ कम्पनी प्रतिबन्ध

-


     नेपालय न्युज    
     मंसिर १० गते २०७८


अमेरिकाले चीनका आठ वटा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको जनाइएको छ । यता चीनले भने अमेरिकी प्रतिबन्धको विरोध गरेको छ ।

बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चिनियाँ कम्पनीहरूलाई दबाउन अमेरिकाले शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com