
अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘कडा बेइजिङ नीति’लाई निरन्तरता दिने भएसँगै अमेरिका र चीनबीच तनाब अन्त्य नहुने भएको छ । दुई देशको तनाब एसियाली देशहरूसँग उनीहरूको प्रतिस्पर्धामा परिणत भइरहेको अन्तर्राष्ट्रिय मामिला विज्ञहरूले बताएका छन् ।
हङकङ पोस्टका अनुसार बाइडेन प्रशासनले चीनलाई टाढाको, विश्वव्यापी प्रतिद्वन्द्वीको रूपमा भन्दा पनि बढी जोखिमपूर्ण प्रतिस्पर्धीको रूपमा हेरेको छ । अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत साता भर्चुअल शिखर सम्मेलनमा आपसमा मैत्रीपूर्ण शब्दहरू आदानप्रदान गरेका थिए, तर उनीहरूले समसामयिक मुद्दामा आफ्ना देशका अडान स्पष्ट रूपमा दोहो¥याएका छन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले चीन र बेइजिङको व्यापार नीतिद्वारा मानवअधिकारको उल्लंघन भएको आरोप लगाइएको छ । राष्ट्रपति बाइडेनले चीनको सिनजियाङ, तिब्बत र हङकङमा मानवअधिकारका विषयमा चासो राखेका थिए । तर, चिनियाँ पक्षले उनको चासोलाई अनावश्यक भनिसकेको छ ।
राष्ट्रपति सीले आफ्नो तर्फबाट ताइवानलाई अमेरिकी समर्थन गर्नुले विश्वमा ‘विभाजन’ सिर्जना गर्न लागेको बताएका थिए । ‘दुवै पक्षमा कुनै द्वन्द्व थिएन र वार्तापछि पनि परिस्थिति केहीअगाडि बढेको छैन’ हङकङ पोस्टले लेखेको छ, ‘यो एक यथास्थिति पूर्व हो । दुवै नेताहरूले एकअर्कालाई मापन गरे ।’
दुई नेताबीच पहिलोपटक बाराक ओबामा र हु जिन्ताओको नेतृत्वमा दुई देशमा सरकार हुँदा उप–राष्ट्रपतिको हैसियतमा भौतिक रूपमा भेटवार्ता भएको थियो । अमेरिकामा मध्यावधि निर्वाचन निकट भविष्यमा आउने सम्भावनासँगै बाइडेनले चीनप्रति थप आक्रामक नीति अवलम्बन गर्ने सम्भावना देखिएको छ । एजेन्सी