नेपाली समुदायको वृहत सहभागितामा न्युयोर्कमा मनाईयो कल्चरल थ्यांक्सगिभींग सडक महोत्सव

-


     नेपालय न्युज    
     मंसिर ६ गते २०७८


न्युयोर्क अमेरीका
न्युयोर्क सिटी कम्युनिटी एफियर्स युनिट र उडसाईड अन द मुभको संयुक्त प्रायोजन र विभिन्न २१ वटा सकृय सामाजिक संस्थाहरूको सह-प्रायोजनमा आज न्युयोर्क क्विन्सस्थित ६९ स्ट्रीट रूजवेल्ट एभिन्युमा विशेष थ्यांक्सगिभिगं सडक मेला एवं कल्चरल कार्यक्रम आयोजना गरीयो।

सो अवसरमा आयोजक संघसंस्थाहरूले विभिन्न संस्कृति झल्काउने पहीरन एवं नृत्य प्रस्तुत गरेका थिए। यसैगरी आयोजक एवं अन्य विविध संस्थाहरूले स्वास्थ्य सामाग्री, विभिन्न खानाका परीकार,टर्की लगायत चेतनामुलक र उनीहरूसँग सम्वन्धित वहुउपयोगी सामाग्रीहरू निःशुल्क वितरण गरेका थिए। सडकमा उल्लेखनीय रूपमा नेपाली भाषा र संस्कृती झल्काउने पहीरन सहितको जनमानसको उपस्थिति रहेको थियो।जिपि कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको नेतृत्व एवं विशेष सकृयतामा नेपाल आमेरीका आर्टिस्ट एसोसिएशन,वसन्त डान्स सेन्टर न्युयोर्कका कलाकारहरूले नेपाल झल्कने विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए।सो अवसरमा फाउन्डेशनका अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु ध्रुव कुँवर क्षेत्री,प्रेम अधिकारी क्षेत्री, सदस्यहरु टेक वहादुर कार्की, निमा पुनमगर सकृयरूपमा व्यवस्थापनमा खटिनुभएको थियो। फाउन्डेशनको तर्फवाट करीव १००० थान मास्क र सेनीटाईईजर वितरण समेत गरिएको थियो।

कार्यक्रममा न्युयोर्क ल्याटिनो सोसाईटी,एसेम्ब्ली मेम्बर माननीय जेसीका गोन्जालेस् रोजास्, काउन्सील मेम्बर जुली वगं लगायतको सकृय सहभागिता रहेको थियो। नेपाल अमेरीका आर्टिस्ट एसोसिएशनका वरिष्ट उपाध्यक्ष वसन्ती राई र उपाध्यक्ष ईट्ना कार्कीको नेतृत्वमा वहाँहरू समेतको विभिन्न एकल र सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो। कलाकार कबिना सिहंले मन्जुश्री नृत्य प्रस्तुत गर्नु भएको थियो भने न्युयोर्क स्थित नेपाली कन्सुलेट वाट सहायक वाणिज्यदुत गणेश प्रसाद अधिकारी, वसन्त डान्स सेन्टरका निर्देशक विजय नकर्मी नेतृत्वको टीम, समाजसेवी विरेन्द्र मानन्धर लगायत स्थानिय उद्यमी तथा व्यवसायी हरूको बाक्लो उपस्थिति रहेको थियो ।

अमेरिकामा आगामी विहिवार घरघरमा परीवार एवं आफन्तजन जम्मा भै टर्की लगायत परम्परागत र प्रिय भोजन एवं पेयपदार्थ सेवन गरी उल्लासमय रूपमा चाड मनाई आपसमा धन्यवाद ज्ञापन गर्ने सौहार्दपूर्ण चाडको रूपमा यस्लाई मनाईन्छ। अमेरिकी नेपालीहरुपनी क्रमशः बाक्लिँदै गएको र अमेरिकी संस्कृतिवाट प्रभावित भै नेपाली समुदाय पनी यस्ता चाड र संस्कृतिवाट पक्कै पनि अलग रहन सक्दैनन। अमेरीकामा नेपालीहरुले कल्चरल थ्यागंसगिभीगं मनाएको पहिलो पटक हो।