जब अमेरिकाको सडकमा बर्सियो पैसा…

-


     नेपालय न्युज    
     मंसिर ४ गते २०७८


एजेन्सी,
शुक्रबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोमा एक बख्तरबन्द गाडीबाट सडकमा पैसा खसेपछि सडक अस्तव्यस्त बन्नुका साथै प्रहरीले केहीलाई पक्राउसमेत गर्नुपरेको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा मानिसहरू सडकमा नै गाडी रोकेर पैसा उठाउन तँछाडमछाड गरिरहेको देख्न सकिन्छ ।

सान डिएगोको इन्टरस्टेट ५ राजमार्गमा यसरी पैसा पोखिएको थियो । सडकमा पैसा देखेर उत्साहित बनेका चालकहरू गाडी नै छाडेर पैसा टिप्न दौडिएका थिए । यसले ट्राफिक नै अस्तव्यस्त बनेको थियो । प्रहरीले केहीलाई पक्राउ गर्नुका साथै पैसा लिएकाहरूलाई सो फिर्ता गर्न आग्रह गरेको छ ।

बिहान स्थानीय समयअनुसार करिब ९ बजेर १५ मिनेट जाँदा एउटा बख्तरबन्द गाडीको ढोका बाटोमा नै खुलेपछि पैसाका बिट्टाहरु सडकमा छरिन पुगेका थिए । पैसा उठाउने २ जनालाई प्रहरीले पक्राउ पनि गरेको बताइएको छ । यस मामिलामा एफबीआईसमेत अनुसन्धानमा खटिएको छ ।

स्रोत : बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com