अमेरिकामा किशोरले उन्मुक्ति पाउँदा बाइेन आक्रोशित


     नेपालय न्युज,     
     मंसिर ४ गते २०७८


अमेरिकामा गत वर्ष रंगभेदविरुद्ध भएको प्रदर्शनको क्रममा गोली चलाएर दुई जनाको ज्यान लिने एक किशोरले उन्मुक्ति पाएपछि राष्ट्रपति जो बाइडनले आफु आक्रोशित भएको प्रतिक्रिया दिएका छन् ।

उनले फैसलाप्रति निराशा व्यक्त गरे पनि अदालतको निर्णयको समर्थन गर्ने बताएका हुन् । राजनीतिक रुपमा विभाजित सुनुवाइपछि विस्कनसिनको अदालतको जुरीले १८ वर्षका कायल रिटनहाउसलाई सबै आरोपबाट मुक्ति दिएको हो ।

सन् २०२० को अगस्ट २५ मा रिटनहाउसले विस्कनसिन राज्यको केनोशामा गोली चलाएका थिए । उनले चलाएको गोली लागेर ३६ वर्षका जोशेप रोसेनबम र २६ वर्षका एन्थोनी हुबरको ज्यान गएको थियो ।

यस्तै २७ वर्षका गेइगर ग्रोसक्रेट्ज घाइते भएका थिए । गोली प्रहार गर्ने रिटनहाउस र गोली लागेका तीनैजना श्वेत हुन् । रिटनहाउसमाथि पाँचवटा अभियोगा लागेको थियो । त्यसमा आजीवन काराबास हुन सक्ने नियतबस गरिएको हत्या अभियोग पनि थियो ।

तर १२ जना रहेको जुरीले उनलाई सबै अभियोगबाट मुक्ति दिएको हो । रिटनहाउस र उनका वकिलले आत्मरक्षाका लागि गोली प्रहार गरेको दाबी अदालतसमक्ष प्रस्तुत गरेका थिए । गएको वर्ष प्रहरीले ज्याकोब ब्लेक नाम गरेका अश्वेत अमेरिकीमाथि गोली प्रहार गरेपछि केनोशामा रंगभेदविरुद्ध प्रदर्शन भएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com