३ ओटा कम्पनीमा टुक्रिदै तोशिबा

-


     नेपालय न्युज    
     कार्तिक २८ गते २०७८


कात्तिक २८, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक घराना तोशिबा तीन ओटा छुट्टाछुट्टै व्यवसायमा विभाजित हुने भएको छ ।

कम्पनी पूर्वाधार, चिप र उपकरणमा केन्द्रीत हुने गरी छुट्टिन लागेको हो । सन् २०१५ मा लेखांकन घोटाला भएयता कम्पनीमाथि सक्रिय लगानीकर्ताहरुको दबाब बढिरहेको छ ।

पछिल्लो घोषणा अनुसार कम्पनीले आफ्ना दुई कोर व्यवसायहरु ऊर्जा र पूर्वाधारलाई छुट्टै कम्पनीको रुपमा स्थापित गर्नेछ । साथै उपकरण र स्टोरेज सञ्चालनलाई पनि छुटै कम्पनीको रुपमा दर्ता गर्नेछ ।

कम्पनीको पुनःसंरचना सन् २०२३ को दोस्रो अर्धवार्षिक अवधिमा पूरा हुने अपेक्षा गरिएको छ । तोशिबाको विविध व्यवसायहरुको शेयर बजार मूल्यांकन बढाउन यस्तो कदम चाल्न लागिएको हो । तर केहि विश्लेषकहरुले परिवर्तनको समयप्रति चिन्ता गरेका छन् ।

पछिल्लो कदम सही दिशातर्फ चालिएको भएपनि यो सुस्त रहेको इन्भेन्टमेन्ट बैंक जेफ्रीजका अतुल गोयलले बताएका छन् । सन् २०२३ निकै लामो सयम भएको र त्यति बेलासम्म के के परिवर्तन भइसक्छ भन्नेबारे पक्का नभएको उनको भनाइ छ ।

सन् २०१५ मा कम्पनीले मुनाफा १ अर्ब डलरभन्दा धेरै बढाइचढाइ गरेर देखाएको खुलासा भएको थियो । सो घटनालगत्तै कमपनीका तत्कालीन प्रमुख कार्यकारी र अध्यक्ष हिसाओ तानाकाले राजीनामा दिएका थिए ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com