युरोप बन्यो कोरोनाको इपिसेन्टर, नेदरल्यान्डमा आंशिक लकडाउन


     नेपालय न्युज,     
     कार्तिक २७ गते २०७८


युरोपेली देशहरुमा कोरोनाको तेस्रो लहरका कारण संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । पुरै युरोपमा पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ६ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो साता यहाँ कुल २० लाख जना कोरोनाबाट संक्रमित भए ।

स्थिति बिग्रिएपछि नेदरल्यान्डले शनिबार बेलुकीदेखि तीन हप्ताका लागि लकडाउन गर्ने फैसला लिएको छ । यस अवधिमा रेस्टुरेन्ट र अत्यावश्यकबाहेकका अन्य पसल बन्द रहनेछन् । त्यस्तै, खेलकुद हेर्नका लागि दर्शकले रंगशाला छिर्न पाउने छैनन् ।

नेदरल्यान्डमा पछिल्ला २४ घण्टामा कोरोना १६ हजार २ सय ४ जना संक्रमित भेटिएका थिए । जर्मनीमा पनि कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो छ । यहाँ पछिल्लो २४ घण्टामा ४८ हजार १ सय ८४ जनामा संक्रमण देखिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com