तीन ओटा कम्पनीमा टुक्रिदैं जीई

-


     नेपालय न्युज    
     कार्तिक २३ गते २०७८


न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल इलेक्ट्रिक (जीई) तीन ओटा फरक एकाईमा टुक्रिने भएको छ ।

उड्ययन, स्वास्थ्य हेरचाह र ऊर्जामा केन्द्रीत हुनका लागि जीई तीन ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित हुन लागेको हो । वर्षौंसम्म कम्पनीको शेयरले राम्रो प्रर्दशन गर्न नसकिरहेकै समयमा यस्तो कदम चालिएको हो ।

सन् २०२३ को शुरुसम्ममा स्वास्थ्य उपचार एकाईलाई छुट्टै कम्पनीका रुपमा स्थापित गर्ने योजना जीईले बनाएको एक विज्ञप्तिमा कम्पनीले मंगलवार भनेको छ । ऊर्जा एकाईलाई पनि सन् २०२४ को शुरु तिरसम्म छुट्टै कम्पनीका रुपमा स्थापित गरिने छ ।

यो कदम पूरा भएपछि जीई नाम उड्ययन कम्पनीसँग रहने छ । जीई १८०० को दशकको अन्त्यतिर थोमस एडिशनले सह–स्थापना गरेका हुन् । विगतका वर्षहरुमा विविध रुपान्तरण पछि पछिल्लो समय यो एप्लायन्सेज, जेट इन्जिन र ऊर्जा टर्बाइनमा अग्रणी कम्पनी बनेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com