
प्रवासी नेपाली एकता मंच न्युयोर्क राज्य कमिटीले नेपालीहरुको महान चाडपर्वहरु दशै , तिहार, नेपाल संवत ११४२, छठ, वलिहाडं, Thanks Giving लगायतका पर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
न्युयोर्कको उडसाइडमा अवस्थित प्रसिद्ध नेपाली रेस्टुरेन्ट सुम्निमा किचनमा अक्टोबरको अन्तिम आइतवार पारेर आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापानमा न्युयोर्कको नेपाली समाजका सवै जसो अग्रजहरुको उपस्थिती रहेको थियो । न्युयोर्क राज्य कमिटिको आयोजनामा भएको सो कार्यक्रममा प्रवासी नेपाली एकता मंच अमेरिकामा केन्द्रिय अध्यक्ष टेक गुरुङ , महासचिव शंकर पन्त लगायत अन्य केन्द्रिय पदाधिकारी देखि सदस्यहरुको समेत सक्रिय सहभागिता रहेको देखिन्थ्यो ।

कार्यक्रममा आयोजकहरु मध्य अधिकाँश पुरुषहरुले दौरा सुरुवाल ढाका टोपी पहिरिएको अनि महिलाहरुले सारी चोलो लगाएकोले कार्यक्रमका सहभागीहरु कार्यक्रमलाइ मौलिक नेपालीपन दिएकोमा आयोजकलाइ धन्यवाद दिरहेको देखिन्थ्यो । अनि कार्यक्रममा आउनेहरु मध्य पुरुषहरुलाइ ढाकाको टोपी अनि महिलाहरुलाइ पस्मिनाको सल दिएर स्वागत गर्ने कामले आगन्तुक पाहुनाहरु सबैलाइ हर्षित बनाएको थियो । प्रवासी नेपाली एकता मँच न्युयोर्क च्याप्टरका संयोजक सोमेन्द्र रञ्जितको अध्यक्षता र सचिव देवकी पन्त ( पाण्डे ) को संचालनमा भएको चियापानमा सँस्थाकि सँस्थापक एवं वरिष्ठ नेतृ सिता खरेलले कार्यक्रममा आउने पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो भने सँस्थाकि अग्रज बनिता कतिलाले सबैलाइ टिका लगाईदिनु भएको थियो । न्युयोर्कको नेपाली समाजमा आपसी सदभाव र शुभकामना साटासाट गर्ने कार्यक्रममा आयोजकले लिखित मौखिक निमन्त्रणा गर्दा समेत नेपाली समाजको अभिभावक हुनुपर्ने नेपाली महावाणिज्य दुतावासको कोहि पनि नआउनुलाइ चाहिं सबैले दुखद घटना र खेदजनक व्यवहारको रुपमा लिएको पाइयो । शुभकामना आदान प्रदानको व्यवस्थापनमा सँस्थाको केन्द्रिय अध्यक्ष टेक गुरुङ , वरिष्ठ महिला नेतृ सिता खरेल र अग्रज बनिता कतिला अनि सचिव देवकी पन्त ( पाण्डे ) ले चाहिं निजी रुपमा प्रयोजन समेत गर्नु भएकोले वहाँहरुलाइ आयोजकहरु मध्यका अन्यले धन्यवाद दिरहेको देखिन्थ्यो । धन्यवाद दिरहेकाहरुले दिएको जानकारी अनुसार आगुन्तुकलाइ दिइएको ढाका टोपीको प्रायोजन सँस्थाका अध्यक्ष टेक गुरुङले , पस्मिनाको सलको प्रायोजन वरिष्ठ नेतृ सिता खरेल र अग्रज बनिता कतिलाले संयुक्त रुपमा अनि आगुन्तुक सबैलाइ खुवाइएको सेलरोटी सचिव देवकी पन्त ( पाण्डे ) ले आफैंले बनाएर प्रायोजन गर्नु भएको बुझिएको थियो ।