जनसम्पर्क समिति,अमेरिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

-


     नेपालय न्युज    
     कार्तिक १५ गते २०७८


न्यूयोर्क । नेपाली जनसम्पर्क समिति,अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ।

दशैं,तिहार,छठ,नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिवार यस्तो शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा यसरी शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर यसपटक कोरोना संक्रमणका कारण नेपालमा यस्तो परम्परागत कार्यक्रम नगरिएको तर यता न्यूयोर्कमा भने आफुहरुले त्यही परम्परागत चियापान कार्यक्रम आयोजना गरेको समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिएका छन्। ‘यो पार्टीले गर्ने कार्यक्रमकै निरन्तरता हो,आपसी सद्भाव,मेलमिलाप र भाईचारा अभिवृद्धि गर्ने सबै चाडबाडको शुभकामना आदानप्रदानसहित हामीले यस्तो कार्यक्रम गरेका हौँ’ सभापति विष्टले भने।
समितिको कार्यक्रममा न्यूयोर्कस्थित नेपाली समाजका संघ,संगठन प्रतिनिधि, जनसम्पर्क समितिका सदस्य एवं शुभेच्छुकहरु,कानुन व्यवसायी,कलाकार,संचारकर्मी र विभिन्न पेशा र व्यवसायमा आवद्ध नेपालीहरुको सहभागिता रहेको थियो। आयोजकका तर्फबाट सभापति विष्टले सबैलाई शुभकामना व्यक्त गर्दै समितिले सामाजिक रुपमा गरेका कार्यहरुको बारे पनि जानकारी गराएका थिए । आमन्त्रित अतिथि एवं सहभागीहरुलाई सभापति विष्ट,महासचिव मुनिन्द्र नेम्वाङ्ग र सचिव भोजराज थोकरले स्वागत गरेका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com