कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

-


     नेपालय न्युज    
     कार्तिक १५ गते २०७८



कात्तिक १५, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार पदबाट राजीनामा दिएका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री शाहीको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com