कास्की समाजका अध्यक्ष कुल प्रसाद गुरुङ एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकारमा मनोनित

-


     नेपालय न्युज    
     कार्तिक १४ गते २०७८


बाल्टिमोर, अमेरिका ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरले कुल प्रसाद गुरुङलाई च्याप्टरको सल्लाहकार मनोनित गरेको छ। कास्की समाजका अध्यक्ष कुल प्रसाद गुरुङ एक सक्रिय समाजसेवी हुनुहुन्छ। उहाँ गुरुङ समाजको पुर्व अध्यक्ष र एके फाउन्डेशनको वर्तमान अध्यक्ष पनि हुनुहुन्छ। दुई दशकदेखि अमेरिकामा बसोबास गरेका गुरुङले नेपालमा आइपर्ने बिभिन्न दुखपिडामा सहयोग गर्दै आउनु भएको छ।

गुरुङसंगै ११ जना ब्यक्तित्वहरु सल्लाहकार मनोनित हुनु भएको हो। यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सबि थापा, बिक्रम केसी, धर्म बेलबासे, सन्तोष पौडेल, शशि थापा, अंशु कार्की, र ओसाविन श्रेष्ठ रहनु भएको छ।

संस्थाको बिधान अनुसार च्याप्टरलाई सल्लाह दिईरहनुभएका र सहयोग गरिरहनु भएका व्यक्तित्वहरुलाई मनोनित गरिएको अध्यक्ष राजु पराजुलीले जानकारी दिनु भयो।

मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जानेको छ।

मेरिल्याण्डमा बसेर सामाजिक र ब्यबसायिक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताउनु भयो।

सल्लाहकार मनोनित हुनु भएकोमा कुल प्रसाद गुरुङलगायत सबै सल्लाहकारहरुमा नेपालय न्युज परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।