कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनको शुभकामना तथा सम्मान कार्यक्रम

-


     नेपालय न्युज    
     कार्तिक १४ गते २०७८


पोखरा । कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनले विजयादशमी तथा दिपावलीको उपल्यक्षयमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
व्यवसायीकरुपमा सङ्लग्न रही व्यायम व्यवसाय सन्चालन गर्दै आएका व्यवसायी तथा पोखरेली खेलकुदप्रेमीहरु विच परीचय एव सम्मान कार्यक्रममा वोल्दै कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुल परिषदका सदस्य सचिव तेज गुरुङले खेलकुद क्षेत्रमा नया खेलडीहरु उत्पादन भइराख्नु पर्ने बताउदै पोखरा रङशालामा वडिबिल्डिङको लागी छिटै ठाउको व्यवस्था गर्न लागिएको बताए ।
कार्यक्रममा कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनका अध्यक्ष राकेश जोशीले वडिबिल्डिङलाई नवौ राष्टिय खेलकुदमा उचित स्थान दिन र राष्टिय खेलको मान्यता दिन माग गरे ।


कार्यक्रममा कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनका निर्वतमान अध्यक्ष राजकुमार थापा हेन्डवल्लका अध्यक्ष चित्र थापा टेकान्डो सघका कुमार गुरुङ अन्तराष्टिय खेलाडी सुरेश गुरुङ, कमल भण्डारी व्यवसायीको तर्फबाट, उत्तम उदाश लगाएतले कार्यक्रममा शुभकामना राखेका थिए ।
कार्यक्रममा राजकुमार थापा,आनन्द गुरुङ,जिवन घिमिरे,राकेश जोशी,नविन आले,राजु गुरुङ,शम्भु अधिकारी,सुनिल वहादुर कोइरला लगाएतलाइ बिषेश सम्मान गरिएको थियो ।


कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनका अध्यक्ष राकेश जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव नविन आलेले गरेका थिए भने कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनका सहसचिव प्रकाश पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिबाट स्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरूलाई संस्थाको परिचयपत्र वितरण गरिएको थियो ।
कास्की वडिबिल्डिङ तथा फिटनेस एसोशिएसनको अध्यक्षमा राकेश जोशी रहेका छन् भने प्रथम उपाध्यक्षमा शम्भु अधिकारी, द्वितिय उपाध्यक्षमा दिपक वास्तोला, सचिवमा नविन आले मगर, सहसचिवमा प्रकाश पौडेल कोषाध्यक्षमा मनोज केसी सदस्यहरुमा सुवास कडेंल, गोकर्ण कार्की, मौलाद्दिन मिँया, अदिती गुरुङ, निरज तिवारी, दिवा राना र मिलन थापा रहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com