दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीलाई


     नेपालय न्युज,     
     कार्तिक १३ गते २०७८


पोखरा, १३ कात्तिक । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ ।

फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा गरेका हुन् । विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

प्रतियोगितामा शोभा कार्की र बालचन्द्र बराल दोस्रो भए । उपविजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

त्यस्तै, रीता रावत, सविन आचार्यको जोडी तेस्रो र मीना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ । तेस्रोले ३ लाख र सान्त्वनाले २ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता निर्णायकमा प्रजापति पराजुलीसहित रमेश बिजी ,चन्द्र शर्मा र सीता थापा थिए । गायक बद्री पंगेनी र गायिका प्रीति आलेले होस्ट गरेका थिए ।

पाेखरामा आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विजेता र उपविजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएकाे छ। प्रतियोगिता निर्णायकमा प्रजापति पराजुलीसहित रमेश बिजी ,चन्द्र शर्मा र सीता थापा थिए । गायक बद्री पंगेनी र गायिका प्रीति आलेले होस्ट गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com