महामारी बीच सुस्तायो अमेरिकी आर्थिक वृद्धिदर

-


     नेपालय न्युज    
     कार्तिक १२ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको अर्थतन्त्र जुलाई – सेप्टेम्बर त्रैमासमा वार्षिक २ प्रतिशतले बढेको छ

कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टका कारण संक्रमण बल्झिन थालेसँगै आर्थिक वृद्धिदरमा तीव्र सुस्ती आएको वाणिज्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

अघिल्लो त्रैमासमा अर्थतन्त्र ६ दशमलव ७ प्रतिशतले बढेको थियो । वृद्धिको यो दर अर्थशास्त्रीहरुले गरेको अनुमानभन्दा कम हो । सेप्टेम्बर त्रैमासमा अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढ्ने अनुमान अर्थशस्त्रीहरुले गरेका थिए ।

मन्त्रालयकाअनुसार अर्थतन्त्रको दुई तिहाई हिस्सा ओगटेको निजी खपत १ दशमलव ६ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो त्रैमासमा निजी खपत १२ प्रतिशतले बढेको थियो ।

व्यवसायहरुको खर्च मापन गर्ने सूचक अर्थात् गैरआवासीय निजी लगानीमा १ दशमलव ८ प्रतिशतको वृद्धि देखिएको छ । यो अघिल्लो त्रैमास ९ दशमलव २ प्रतिशतले बढेको थियो । निर्यात साढे २ प्रतिशतले घट्दा आयातमा भने ६ दशमलव १ प्रतिशतको वृद्धि देखिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com