
सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको बजार पूँजीकरण १० खर्ब डलरमाथि पुगेको छ ।
हर्जले सन् २०२२ को अन्त्यसम्ममा आफ्नो कार भाडामा दिने कम्पनीका लागि टेस्लालाई १ लाख थान विद्युतीय सवारी साधन अर्डर दिनेृ समाचार सार्वजनिक भएपछि कम्पनीको बजार पूँजीकरणले पहिलो पटक सो स्तर पार गरेको हो ।
योसँगै एप्पल, एमाजन र माइक्रोसफ्टसँगै टेस्लापनि १० खर्ब डलरभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीको श्रेणीमा पुगेको छ । कम्पनीको प्रतिकित्ता शेयर पनि १ हजार डलरमाथि पुगेको छ । बेलायतमा कम्पनीको सुदृढ विक्री र शेयरप्रति विश्लेषकहरु बुलिश रहँदा पनि टेस्लाको शेयरमूल्य बढेको हो ।
हर्जसँगको सम्झौताबाट टेस्लाले ४ अर्ब २० करोड डलर कमाउने छ । यो अहिलेसम्मकै उच्च परिमाणमा विद्युतीय सवारी साधन खरीद हुने बताइएको छ । एजेन्सी