खगराज-पिएस अन्तरविरोध : कित्ता परिर्वतन गर्दै पौडेल अध्यक्ष, मापदण्ड विना सचिवको जिम्मेवारी

-


     नेपालय न्युज    
     कार्तिक ४ गते २०७८


पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा फेरि एकपटक अन्तरविरोध सतहमा देखिएको छ ।

खासगरि गण्डकी प्रदेशमा ओलीका हार्डलाइनर मानिने पूर्व मन्त्री खगराज अधिकारी र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ बिचको अन्तरद्धन्दले पटक पटक सतहमा आउने गरेको छ ।

विहिबार बसेको गण्डकी प्रदेश कमिटीको बैठकले पोखरा महानगरपालिका अध्यक्षमा दिपक पौडेल र सचिवमा मोहन गुरुङलाई जिम्मेवारी तोकेपछि ओली समुह भित्रै अन्तरविरोध सिर्जना भएको छ ।

जिम्मेवारी प्रदान गरे लगत्तै शुक्रबार दिउँसो नै सपथ कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार आगामी अधिवेशनमा टिम नै प्रस्तावमा लैजाने तयारी गर्दै कार्यविभाज गरिएको हो । जसमा पूर्ववत ः कृष्ण थापा संयोजक रहेको समयमा सदस्यहरुलाई काटछाँट गरिएको छ ।

जेठ २ अघि महानगरपालिका अध्यक्षमा पार्टी अध्यक्ष कृष्ण थापा र सचिवमा दिलिप न्यौपाने सचिव रहेका थिए । थापा र न्यौपाले २०७२ बैशाखबाट जिम्मेवारीमा रहेका थिए । तर जेठ २ फर्केन केन्द्र निर्णयलाई लत्याउँदै प्रदेश सचिवालय कमिटीले जिम्मेवारी तोकेको हो । थापा र न्यौपाले २०७२ बैशाखबाट जिम्मेवारीमा रहेका थिए ।

तत्कालिन समयमा किरण गुरुङलाई मुख्यमन्त्री बनाउन खगराज लागेको भन्ने बुझाईका आधारमा पृथ्वीसुब्बा र खगराजबिचको अन्तरविरोध भुसको आगो झैं सल्किएको थियो ।

नेकपा एमाले र माओवादी बिचको एकता पश्चात खगराज निकट रहेर पोखरा महानगरपालिकाको अध्यक्ष बनेका दिपक पौडेलको कार्यसमिति गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङले पूर्ण हुन दिएनन् । तर जव पौडेलले एकाएक कित्ता परिर्वतन गर्दै आफ्नो पक्षमा उभिए तब एकाएक बैठक बसेर जिम्मेवारी बाँडफाँड गर्दै कार्यसमितिलाई पूर्णता दिइएको हो । माओवादीको भागमा परेको सचिवको जिम्मेवारी विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका थिए ।

नेकपा एमालेको दश बुँदे एकता सहमतिमा सबै कमिटीहरु जेठ २ गते फर्केर क्रियाशिल रहने स्पष्ट रहेको छ। तर जेठ २ फर्केन केन्द्र निर्णयलाई लत्याउँदै प्रदेश सचिवालय कमिटीले जिम्मेवारी तोकेको हो ।

सर्वोच्च अदालतको निर्णय पश्चात पूर्ववतः अवस्थामा फर्किएपछि अध्यक्ष मात्रै रहेको महानगरपालिका कमिटीमा सचिव भने खाली रहेको थियो ।
नेकपा एमाले गण्डकी प्रदेशको इन्चार्जमा स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ रहेका छन् भने उनी निकट मानिने प्रदेश जगत विश्वकर्मा अध्यक्ष र गोविन्द नेपाली सचिवको जिम्मेवारीमा छन् ।

जेठ २ अघि कै अवस्थामा फर्कदाँ व्यबहारतः न्यौपानेलाई सचिवको जिम्मेवारी दिइनुपर्ने भएपनि खगराज निकट रहेकै कारण उनलाई जिम्मेवारी विहीन बनाइएको र केन्द्रिय नेतृत्वबाटै युवालाई बिस्थापति गर्ने र गुटगत मनस्थितीबाट अगाडी बढ्दै गरिएको निर्णयले पार्टीलाई नै कमजोर बनाउने कार्यकर्ताहरु बताउँछन् । एजेन्सी

गन्थनबाट