दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

-


     नेपालय न्युज    
     कार्तिक ४ गते २०७८


काठमाडौं, कात्तिक ४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । एमालेले आगामी मंसिर १०,११ र १२ गते गर्ने दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

यसैगरी, महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको पनि उहाँले बताउनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com