
पोखरा । अखिल नेपाल किसान महासंघ पोखरा २० भलाम-मौजाद्वारा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, तथा छठ पर्बको उपलक्षमा आयोजित शुभकामना आदन प्रदान, अग्रज किसान एबम ब्याबसायिक किसानलाई सम्मान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
माधब स्मृति भबन पोखरा २० भलाममा अायोजना गरिएको कार्यक्रममा अगुवा किसानहरु होमनाथ पाैडेल, पुस्प राज पौडेल, राजु पोखरेल, रामचन्द्र अधिकारी,नेत्र प्रसाद सुबेदीलाइ अखिल नेपाल किसान महासंघ पोखरा २० ले सम्मानित गरेको थियो ।
कृषि बन अन्तगत, अखिल नेपाल किसान महासङका केन्द्रीय सदस्य सन्तोष भण्डारीको प्रमुख अातिथित्यमा भएको सम्मान कार्यक्रममा अखिल नेपाल किसान महासङका केन्द्रीय सदस्य रेशम बहादुर खत्री विशेष अतिथि रहनुभएको थियो भने मोति प्रसाद पौडेलको सभापतिमा कार्यक्रम सम्पन्न भएको गणेश पाैडेलले जानकारी दिनुभयो ।
