
विकास विष्टको मकैको घुङ्गा
न्युयोर्क
प्रवासमा बसी अबिछिन्न रूपमा साहित्यमा लागी परेका साहित्यकार विकास विष्ट को सृजनामा रहेको मकैको घुङ्गा गीत हालै मात्र सार्वजनिक भएको छ ।
निशान भट्टराई तथा कविता श्रेष्ठको स्वर रहेको सो गीतलाई यमु शर्मा सुब्बाको सङ्गीत गरेका हुन ।
मोक्तान डिजिटल न्युयोर्कले निर्माण गरी बजारमा ल्याएको उक्त गीतमा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
विकास विष्ट कहिले आफ्नै रचनामा स्वर दिएर गीतहरू बजारमा ल्याउँछन् त कहिले अन्य कलाकारहरुसगं पनि सहकार्य गर्दे आफ्ना सृजना बाहिर ल्याउने गर्छन् । मकैको घुङ्गा गीत सरल र गाउँ घरमा बोलिने शब्दहरूलाई गीतमा बुनेका छन् । गीत, सङ्गीत र स्वर सबै को उत्कृष्ट भएका कारण पनि गीत अति नै कर्णप्रिय बनेको छ
न्युयोर्कमा बसोबास गर्दे आएका शम्भु मोक्तानले पनि नेपाली गीत सङ्गीतलाई माया गरेका कारण पनि नेपाली गीत निर्माणमा लागी परेका छन् ।