विभिन्न भागमा हल्का वर्षा तथा हिमपात

-


     नेपालय न्युज    
     कार्तिक १ गते २०७८


कात्तिक १, काठमाडौंं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

सोमवार बिहानदेखि देशको अधिकांश भू- भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।

सोमवार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केहि स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।शनिवार रातिदेखि नै मौसममा बदली आएको थियो।

अझ वर्षा भएपछि त देशको पश्चिमी भागका कृषकले पाकेको धानवाली काट्नसमेत पाएका छैनन् । काटेको धान पनि खेतमै पानीले भिजेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com