नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्रीको निधन

-


     नेपालय न्युज    
     कार्तिक १ गते २०७८


अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। कोभिड–१९ को संक्रमणको कारण उनको निधन भएको उनका परिवारले बताएका छन्।

पावेल सन् २००० मा जर्ज डब्ल्यू बुसको पालामा अमेरिकाको विदेशमन्त्री बनेका थिए। उनी अमेरिकाको पहिलो अफ्रिकी–अमेरिकी विदेशमन्त्री हुन्।

उनी सन् २००२ जनवरीमा नेपाल भ्रमणमा आएका थिए। पाकिस्तान र भारतको भ्रमण सकेर उनी काठमाडौं आएका थिए।
नेपाल भ्रमणमा आउने उनी एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्। पावेल आतंकवादविरुद्धको अभियानमा अमेरिकाको नीतिबारे जानकारी गराउने क्रममा नेपाल आएका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com