अमेरिकामा बेरोजगारी भत्ता दाबी ३ हजार तल झर्यो

-


     नेपालय न्युज    
     असाेज ३० गते २०७८


(अमेरिका) । अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या कोरोना भाइरसको महामारी शुरु भएयता पहिलो पटक ३ लाखभन्दा तल आएको छ ।

अक्टोबरमा २ लाख ९३ हजारले भत्ता दाबी गरेको श्रम मन्त्रालयले बताएको छ । दाबी गर्नेको संख्या कोरोना भाइरसको महमारी देखिएको शुरुआती दिनयता पहिलो पटक ३ लाखभन्दा तल आएको हो । यो अनुमान गरिएको भन्दा कम हो ।सो अवधिमा ३ लाख १८ हजारले भत्तादाबी गर्ने अनुमान गरिएको थियो ।

यसले श्रम बजार विस्तारै महामारी पूर्वको स्तरमा आइरहेको अर्को संकेत गरेको छ । सन् २०२० को मार्च १४ मा सकिएको हप्तामा २ लाख ५६ हजारले भत्तादाबी गरेका थिए ।

गत हप्ता भत्ता दाबी गर्नेको संख्या अघिल्लो हप्ताको तुलनामा ३६ हजार कम हो । चार हप्ताको मूभिङ एभरेज ३ लाख३४ हजार २५० मा आएको छ ।यो पनि सन् २०२० को मार्च १४ यताकै न्यून हो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com