एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

-


     नेपालय न्युज    
     असाेज २८ गते २०७८


कृष्ण के सी, अमेरिका,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलनका प्रतिनिधि चयनको बिषयलाइ लिएर अक्टुवर २३-२५ मा हुने भनिएको महाधिवेशन र अक्टुवर २० मा हुने अनलाइन भोटिङ्ग समेत रोकिएको छ। अक्टुवर ९, २०२१ शनिबार संघको कार्यकारी सचिवालयको बैठकले महाधिवेशन र निर्वाचन अनिश्चित समयको लागि सार्ने निर्णय गरेको छ।

वर्तमान नेतृवले फेसिलेट गरेर समस्या समाधान गर्नुको सट्टा उल्टा महाधिवेशन नै अनिश्चित बनाउँदै लगेको छ। आगामी हप्ता बस्ने संघको अन्तराष्ट्रिय परिषदको बैठकले तिथि-मिति र अन्य निर्णय गर्ने भनिएको छ तर त्यसका पूर्वाधारहरु भने केहि पनि बनेका छैनन।

गतिबिधि, विकल्प, विचार अनि बैधानिक बाटो

  • नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि चयनमा जम्मा प्रतिनिधिहरुको (१०%, २५% र ६५%) ६५% प्रतिनिधि चयन बिधिमा भएको अनियमितताका कारण २०१९ कै मापदण्ड अनुसार चयन गर्न निर्देशन दिएको छ।
  • यो ६५% प्रतिनिधि चयन संबन्धि नेपाल सरकारको मन्त्रालयको निर्देशन भएकाले यसको कार्यान्वयन गर्नुको विकल्प नै छैन।
  • त्यसैले, सो निर्देशनसँगै विश्वोका ६३/६४ या त्यो भन्दा धेरै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अब नयाँ प्रतिनिधिहरु पठाउन पाउने भएका छन्।
  • यसरी चयन हुने महाधिवेशन प्रतिनिधिहरुमा वर्तमान आइसीसी सदस्य, कार्यकारी सचिवालय र पदाधिकारीहरु सबै, आइसिसी सदस्य इलेक्ट बाइ डिफल्ट पर्ने ६५% मा छान्नु नपर्ने
  • ६५% मानार्थ परिषद सदस्य, एनसीसी कार्यसमिति, एनसीसीका निवर्तमान र पुराना कार्यसमिति, टास्कफोर्स हुँदै पंजीकृत सदस्यहरु समेत रहने गरी चयन हुनेछन्।
  • संस्थापन पक्षका कतिपयले नेपाल सरकारको परराष्ट्र मन्त्रलायको निर्देशनको बिरुद्धमा अदालतमा मुद्धा हाल्न जाने धम्कि भनेका दिएका छन्। तर त्यो भनेको संस्थापन पक्षको लागि सबैभन्दा ठुलो घातक नतिजा हुनेछ। त्यो स्थितिमा प्रतिवादीले गर्ने दावीमा गत २०२१ जनवरीको बिशेष महाधिवेशनमा प्रतिनिधिहरु २५७१ जनामा ३०० जना मात्र अट्ने जुम लिएकाले गणपुरक संख्या नपुगेको, २०१७ को बिधान संसोधन बिधिको कुनै बिधि पुरा नभएको, मन्त्रीको तोक आदेशले अबैधानिक बिधान ल्याएको जस्ता थुप्रै बैधानिक कारणले गर्दा चालु बिधान नै अदालतबाट खारेज हुनेछ।
  • बिधान खारेज भएपछि वर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्वको पनि पदावधि समाप्त हुनेछ। यसपूर्वको चालु २०१७ मा कार्यसमितिको समय थप गर्ने ब्यबस्था छैन।
  • त्यो स्थितिमा बिधानत संरक्षक परिषदले संघको नेतृत्व टेकओभर गर्नेछ। संरक्षक परिषदका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले सबै कुरा मिलाएर संघको १० औं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी लिनेछन। त्यसो हुनको लागि अरु केहि महिना लाग्न सक्नेछ।
  • संरक्षक परिषदले एनसीसी अध्यक्षहरुको अन्तराष्ट्रिय भेला बोलाउन पनि सक्नेछन। त्यो भेलाको निर्णयले महाधिवेशन संबन्धि थप सहज बनाउने छ।
  • त्यो स्थिति छल्नको लागि वर्तमान कार्यसमितिले महाधिवेशन हतार-हतारमा अनिश्चित कलाको लागि सारेको छ। तर पनि महाधिवेशन समय सिमा भन्दा पहिला भएन भने जुन बाटो गएपनि पुग्ने ठाउँ भनेको संरक्षक परिषदमा नै हो।
  • अब के के हुन्छ ?
  • संस्थापन पक्षले पेलेर नै लैजाने तिकडम खोज्ने छ
  • अरुले त्यसको प्रतिवाद गर्नेछन
  • फलस्वरूप कि त संस्थापन पक्ष गल्नुपर्छ एउटा मिलन बिन्दु हुनेछ। त्यो स्थितिमा महाधिवेशन नोवेम्बरको अन्तिम या डिसेम्बरको मध्येतिर हुन् सक्नेछ।
  • अन्यथा सँस्था नै धरासाही हुनेछ
  • अत्यन्तै नाजुक अवस्थामा एनसीसीहरुले संघको अधिवेशनलाइ बाइपास गर्न सक्नेछन

एनसीसी अध्यक्षहरुको अनौपचारिक भेला हुने

  • संघका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले अनौपचरिक भेला गर्ने भएका छन्।
  • भेलाले बिशेष गरेर महाधिवेशन, प्रतिनिधि चयन र विकल्पका कुरामा छलफल गर्ने भएको छ
  • पिएनओ खालको नयाँ सँस्था बन्ने संभावना
  • वर्तमान नेतृत्व असक्षम भएको खण्डमा विकल्पको सम्मेलन हुन सक्नेछ
  • सम्मेलनबाट Persons of Nepali Origin (पिएनओ) खालको नयाँ सँस्था बन्ने संभावना बढेर गएको छ
  • अझै पनि संघका अध्यक्ष कुमार पन्तले फेसिलेट गरेर गएमा थुप्रै बाटा खुल्ने छन्। तर त्यसो हुन सकेन भने, यी सबै घटनाको दोषी र ऐतिहासिक दाग भने वर्तमान अध्यक्ष कुमार पन्तको थाप्लोमा पर्ने भएको छ।