नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज कमिटीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम

-


     नेपालय न्युज    
     असाेज २५ गते २०७८


पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज एकाइ कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजया दशमी, शुभ दीपावली, २०७८ नेपाल सम्बत ११४१ तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन भएको भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी गण्डकी मेडिकल कलेज प्राचार्य प्रा डा रबिन्द्र प्रसाद श्रेष्ठले चाडपर्वलाई संस्कृतिका रुपमा मनाउनुपर्ने र सस्थालाइ सदैव उच्च राख्न हामी सबैको महत्त्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य शोकमणी सुवेदी र जिफास्ट को तर्फबाट डा सन्कर पौडेल लगायतले बोलेका थिए ।कार्यक्रममा गण्डकी मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको व्यापक उपस्थिति थियो। नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज एकाइका अध्यक्ष दिपक कार्कीको सभापतित्वमा आयोजित कार्यक्रम कमंचारी बीच भावनात्मक एकता मा जोड दिदै यस कायंकम ले टेवा पुग्ने बिश्वास लिएको बिचार व्यकत गनु भयो ।कार्यक्रम संयोजक हरि बहादुर बस्नेतको संयोजकत्वमा आयोजित कार्यक्रम सस्थाका सचिब राजन पोख्रेलले सन्चालन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com