डोबाटे विश्वकर्मा गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त

-


     नेपालय न्युज    
     असाेज २५ गते २०७८


पोखरा, असोज २५ गते । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार सोमबार साँझ मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डोबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । विनाविभागिय मन्त्री विश्वकर्माले सोमबार साझै पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
यसअघि नै मन्त्री बन्ने चर्चा भएर सपथका लागि जाँदै गर्दा नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि ब्यापक आलोचना भएको थियो ।
नबनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताउनुभयो ।