कम्पनी मुख्यालय सार्दै टेस्ला


     नेपालय न्युज,     
     असोज २३ गते २०७८



असोज २३, क्यालिफोर्निया (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले आफ्नो मुख्यालय क्यालिफोर्नियाबाट टेक्सास सार्ने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अष्टिनमा भएको शेयरधनीहरुको वार्षिक भेलामा यस्तो बताएका हुन् । मुख्यालय सार्नुको पछाडि उनले कयौं कारण देखाएका छन् । क्यालिफोर्नियामा कर्मचारीहरुलाई बस्न सस्तो घर नपाएकोलगायत कारणहरुतर्फ औंल्याएका छन् ।

कम्पनीको फ्रेमन्टमा रहेको कारखाना बन्द गर्ने आदेशपछि मे महीनामा मस्क र क्यालिफोर्नियाका स्थानीय राजीतिज्ञहरु बीच चर्काचर्की भएको थियो । कम्पनीले तत्कालै टेक्सास÷नाभेदामा मुख्यालय र भावी कार्यक्रमहरु सार्ने भन्दै उनले ट्विटमा भनेका थिए ।

यद्यपि यो कदमको अहिलेसम्म पुष्टि भने भइसकेको छैन । कम्पनीले क्यालिफोर्निया र नाभेदाका कारखानाहरुमा उत्पादन पनि ५० प्रतिशतले बढाउने योजना बनाएको बताइएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com